१६ पौष, सिरहा।धनुषामा एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हाल्दा उनी सहित तीन जना पक्राउ परेका छन् ।
गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेका थिए । उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तीनै जनालाइ अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।रातोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia