इटहरी । सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ । नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका आफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् ।

आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् ।तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia