२० पौष, काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै हिँडेका यी व्यक्तिलाई हेर्नुहोस् त ! सेतो पहिरन, लामा र सेता जुँगा, खाली खुट्टा हिडेका ती व्यक्ति सामान्य किसान जस्ता देखिन्छन् । तपाईले पनि पक्कै यीनलाई कुनै गाउँका किसान सम्झनुभयो होला। उनी जति साधरणरुपमा देखिन्छन्, व्यक्तिव भने असाधरण छ । उसो भए यी मानिस को हुन् त ? उनी हुन् भारतीय आणविक वैज्ञानिक डाक्टर सम्भाजी भिडे । ८५ बर्षका उनी महाराष्ट्र स्थित सांगली जिल्लाका हुन् ।
भिडे एटमिक फिजिक्समा गोल्ड मेडलिस्ट हुन् । अहिले सम्म सय भन्दा बढी राष्ट्रिय-अन्तराष्ट्रिय पुरस्कारले सम्मानित भइसकेका उनी नासाका सल्लाहाकार समेत हुन् । उनको छुट्टै र अचम्म लाग्दो एक विशेषता समेत छ । त्यो हो, उनी कहिल्यै जुत्ता चप्पल लगाउँदैनन् र सँधै सेतो खाँदीको कपडा लगाउँछन् । भिडे महाराष्ट्रका एक लोकप्रिय समाजसेवी समेत हुन् । उनले पुणे विश्वविद्यालयबाट एमएससी (परमाणु विज्ञान)मा डिग्री गरेका हुन् । उनले फर्गुसन कलेज पुणेमा फिजिक्स प्रोफेसरको रूपमा सेवा गरिसकेका छन् ।
उनको हैसियतका मानिसहरु कार चढेर हिँड्छन्, तर उनी भने साइकलमा हिड्ने गर्छन् । महाराष्ट्रका मुख्य मन्त्री देखि प्रधानमन्त्री मोदीसम्म उनको सहज पहुँच छ । यती सम्मकी उनले भनेका कुरा मोदीले समेत काट्न सक्दैनन । पुलिस इन्सपेक्टरद्वारा हत्याका आरोपीलाई मारेर शव जलाएको विषयमा प्रदर्शनमा उत्रिएपछि उनको चर्चा चुलिएको थियो । समाजसेवामा तल्लिन भिडेलाई महाराष्ट्रबासीको जबरजस्त समर्थन छ ।
२०१४ मा भएको लोकसभा चुनावका समयमा मोदी सांगली आएका थिए । त्यही बेला मोदीसँग हिडिरहेको उनको तस्विर कैद गरिएको थियो । त्यहाँ मोदीले भाषणका क्रममा भनेका थिए, ‘म भिडे गुरुजीले बोलाएर यहाँ आएको होइन । तर, उनको अर्डर मान्न जरुर आएको हुँ ।’ एकपटक भिडेलाई भेट्न महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले प्लेन क्यानसिल गरेर बसेका थिए ।
आजसम्म भएका चुनावमा भिडेले समर्थन गरेका उम्मेदवारले जित्दै आएको बताइन्छ । उनी कुनै दलसँग जोडिएका छैनन् । भिडेको नेताहरुसँग बाक्लै उठबस छ । तर, आफ्नै घर र कुनै प्रकारको सम्पती छैन । ठूला राजनीतिक संगठनले सहयोगको प्रस्ताव राखेपनि ती सबै सहयोग उनले अस्विकार गर्दै आएका छन् । कुनै राजनीतिक संगठनसँग नजोडिएका उनी शिव प्रतिष्ठान नामक संस्था चलाउने गरेका छन् । एजेन्सीको सहयोगमा










