२९ पौष, अजित झा इनरुवा। सुनसरीको दक्षिणी क्षेत्रमा तोरी नसप्रे पनि उत्तरी क्षेत्रमा भने राम्रै फलेको स्थानीयहरुले बताएका छन । जिल्लाको उत्तरी क्षेत्र बराहा नगरपालिका र रामधुनी तथा इटहरी उपमहानगरपालिकाको उत्तरी वडाहरुमा तोरी राम्रो फलेको स्थानीय प्रमिला चौधरीले जानकारी दिनुभयो । हावापानी र मौसमले साथ दिएपछि किसानहरुले तोरी राम्रो उत्पादन गर्न सफल भएको चौधरीले बताउनुभयो । चौधरीका अनुसार उत्तरी क्षेत्र भरौल, बराहाक्षेत्र, महेन्द्रनगर, बक्लौरी, हासपोसा, सिगिंया, प्रकासपुर लगायतका क्षेत्रमा तोरी राम्रो उत्पादन भएको हो । धान काटेर कार्तिक अन्तिममा तोरी छरेका किसानहरुले पुस मसान्तको अन्तिममा तोरी भित्रियाउन थालेको कुमरखतका शिवनारायण चौधरीले जानकारी दिनुभयो । बजारमा मिसावटयूक्त तेल पाउन थालेपछि आफैले उत्पादन गरेको तेल प्रयोग गर्नका लागि स्थानीयहरुको तोरी खेतितर्फ आकर्षक बढेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia