seha-ghale

मंसिर २२, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गरेका छन् ।भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो ।सङ्घका अध्यक्ष घलेले दुई वर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ ?

सरकारले सिफारिस गरेको ठाउँमा मात्र सङ्घले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति विपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन आग्रह गरेका थिए ।

सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने सङ्घको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गरे ।“धेरै सङ्घसंस्था सजिलो र सुगम ठाउँमै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली सङ्घले अतिविपन्न परिवार रहेका दुर्गम गाउँमा पुगेर पुनःनिर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भने ।सङ्घले रु ३५ करोडको लागतमा भूकम्पप्रभावित जिल्लामा एक हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोहीबमोजिम सङ्घ र शहरी विकास विभागबीच सम्झौतासमेत भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia