१९ माघ, इनरुवा। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले स्थानीय तहगत संरचना लागु भएपश्चात कार्यालयको काम कार्वाही अघि बढाउन समस्या परेको जनाएको छ । स्थानीय तह मातहतमा रहेर कार्यालयको काम अघि बढाउनु पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहसँगै कार्यालय व्यवस्थापन लगायतका प्रकृया बाधित हुन पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतमले बताए ।
कुनै पनि निर्णय वा कार्य सम्पादन पूर्व लिइनुपर्नुे स्विकृति सँगै कागजी प्रक्रिया र भनेको बेला काम नहुने जस्ता समस्याले स्वास्थ्य सम्वन्धि गतिविधी संचालनमा ल्याउन कठिनाई भैरहेको गौतमको भनाई छ ।स्वास्थ्य जस्तो सम्वेदशील क्षेत्रमा कतिपय अवस्थामा तत्काल निर्णय र कार्यान्वयन गर्न आवश्यक हुनजाने भएपनि सो अनुरुप काम कार्वाही अघि बढ्न नसक्दा थप सास्ती बेहोर्नु परिरहेको जिल्ला स्वास्थ्य प्रमुख गौतमको जानकारी दिए ।








