२३ माघ, मोरङ। ईलाका प्रहरी कार्यालय रंगेलीले सोमबार १७ थान चौपाया बरामद गरी भन्सार बुझाएको छ। सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका ३ नहर हुँदै भारततर्फ लैजादै गरेको १६ थान गाई र एउटा बाछो सोमबार राती बरामद गरी आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएको हो । उक्त कार्यालयबाट खटिएका टोलीले यसअघि पनि भारततर्फ तस्करी हुँदै गरेको १२ थान बाछो र ४ थान राँगा गरी भन्सार बझाएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia