इन्टरनेट दुनियाँमा भ्यालेन्टाइन विकयता भाइरल बनेकी भारतीय सुन्दरी प्रिया प्रकाश वारियाले फेसबुक संस्थापक मार्क जुकेरवर्गलाई इन्स्टाग्राममा पछि पारेकी छिन्। जुकेरवर्ग इन्स्टाग्रामका पनि मालिक हुन्। फोटो शेयरिङ एप इन्स्टाग्राममा अहिले प्रियालाई ४ करोड ५० लाखभन्दा धेरैले फलो गरिरहेका छन्। जबकी जुकेरवर्गलाई ४ करोडभन्दा केही बढीले फलो गरिरहेका छन्।

प्रियाका फलोअर्सको संख्या पछिल्लो एक हप्तायता ह्वात्तै बढेको हो। भ्यालेन्टाइन डेमा आँखा झिम्याक्याउँदै गरेको उनको भिडियो भाइरल बनेपछि समर्थकहरु बढेका हुन्। प्रिया भर्सेज जुकेरवर्ग प्रिया प्रकाशले इन्स्टाग्राम चलाउन थालेको डेढ वर्ष भयो। उनले यसबीच ९१ वटा पोस्ट गरेकी छिन्। जुकेरवर्गले विगत ७ वर्षदेखि इन्स्टाग्राम चलाउँछन्। उनले १ सय २० पोस्ट गरेका छन्। प्रियाले प्राय फिल्म वा फोटोसुट पोस्ट गर्ने गरेकी छिन्। जुकेरवर्गले पारिवारीक सदस्य वा साथीभाईसँगको भेटघाटका फोटोहरु अपलोड गर्छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia