- अमर काफ्ले

१ चैत्र, इनरुवा। इनरुवा अस्पतालले सर्वसाधारणकालागि विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । सर्वसाधारणका हकमा सहज र सुलभ स्वास्थ्योपचार प्रदान गर्ने उद्येश्य अनुरुप बढीमा दुई साता भित्रबाट विशेषज्ञ सहितको सबैखाले उपचार सेवा थालिने इनरुवा अस्पतालले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालले दिनुभएको जानकारी अनुसार इनरुवा अस्पतालबाट प्रदान हुने स्वास्थ्योपचार सेवा स्रोत साधन युक्त र सर्वसुलभ हुने छ । स्रोत साधन अभाव र आन्तरिक कठिनाई झेलिरहेको इनरुवा अस्पताललाई विशेषज्ञ सेवा सहितको उपलब्धताकालागि आवश्यक सरसामानको जोहो भैसकेको र छिटै संचालनमा आउने अस्पताल प्रशासनले जनाएको छ ।

इनरुवा अस्पतालले अप्रेसन सहितको प्रसुती सेवा, २४ घण्टे ल्याव, भिडियो एक्सरे लगायत विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन लागेको जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले बताए । इनरुवा अस्पतालमा हाल नाक,कान घाँटीका डा.प्रविण गजुरेल, बालरोग तर्फका डा. फरेन्द्र साह, प्रसुती सेवा तर्फ डा. प्रियंका मिश्रा र श्यामसुन्दर झा सहित अर्थोसर्जन डा. योगेन्द्र गुप्ताको विशेषज्ञ सेवा उपलब्ध छ । विशेषज्ञ सहितको ओपिडी सेवा भने पूर्ण रुपमा संचालनमा रहेको इनरुवा अस्पतालले जनाएको छ । स्रोत साधनको उपलब्धतासँगै विशेषज्ञ सेवाको थप बन्दोवस्ती मिलाइने इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटवालले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia