इनरुवा चैत्र ६/बराह नगरपालिका ११ का आगलागी पीडित सुत्केरी तथा गर्भवती महिलाको सुरक्षा अवस्थालाई ख्याल गर्दै यूएनएफपिएले पहिलो प्राथमिकताका आवश्यकिय सरसामान उपलब्ध गराउने भएको छ ।यूएनएफपिए सुनसरीको पहलमा केन्द्रिय कार्यालय काठमाण्डौंले महिला तथा बालबालिका कार्यालय सुनसरीलाई एक सय थान सुरक्षित सामाग्री सहितको झोला उपलब्ध गराएको छ ।

उपलब्ध सामाग्री पीडित क्षेत्रमा रहेको पीडित मध्ये पहिलो प्राथमिकताका आधारमा सुत्केरी, र गर्भवती महिलाकालागि वितरण गरिने यूएनएफपिए सुनसरी संयोजक काशी पोखरेलले बताउनुभयो । पोखरेलले पीडत क्षेत्रका बालिका तथा किशोरीहरुकालागि समेत आवश्यक सामाग्रीको जोहो भैरहेको बताउनुभयो । प्रत्येक डिगनिटी किट सहितको झोलामा ५ हजार मूल्य बराबर पर्ने लत्ता,कपडा, औषधी, प्रजनन स्वास्थ्यकालागि आवश्यक सामाग्री सहित दैनिकजसो उपभोगमा आउने ११ प्रकारमा सामाग्रीहरु समावेश गरिएको हुन्छ ।
त्यसैगरी जिल्ला बाल कल्याण समिति सुनसरीले पीडित परिवारका बालबालिकाको किताब कापीकालागि एक हजारका दरले रकम समेत उपलब्ध गराउने भएको छ । महिला तथा बालबालिका कार्यालयको तत्याङकका अनुसार बराह ११ मा भएको आगलागीबाट एक सयको संख्याका गर्भवती र सुत्केरी महिला प्रत्यक्ष प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia