इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा योगगुरु, योग प्रशिक्षक र जनप्रतिनीधिलाई साझेदारी नेपालले सम्मान गरेको छ । मध्यहर्षाहीमा ५ दिने दुव्र्यसन विरुद्धको सचेतना र योग विज्ञान शिविर समापन कार्यक्रममा १२ जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा योग प्रशिक्षक देवनारायण साह, ललितादेवी साह र समरकिशोर मेहता रहनुभएको छ । त्यसैगरी देवानगञ्ज गाउँपालिका १ नम्बर वडा अध्यक्ष सूर्यनारायण पाल, सदस्यहरु राजेन्द्र मेहता, राजनदेवी यादव, मन्जुदेवी दास, बेचू मेहता, वाड कार्यालयका प्राविधिक सहायक हरीनारायण मेहता, मध्यहर्षाहीका पूर्व उपाध्यक्ष किशोर कुमार पाल लगायतकालाई समेत सम्मान गरेको हो ।
सम्मानितहरुलाई दोसल्ला र कदर तथा सम्मान पत्रले सम्मान गरेको साझेदारी नेपाल सुनसरीले जनाएको छ । कार्यक्रममा वक्ताहरुले योगको माध्यमबाट रोग हटाउन सक्ने र समाजमा सामाजिक सद्भाव तथा एकता कायम गर्न सक्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागीहरुले योगबाट कुलत त्याग्ने र खुसी तथा सुखी परिवार र स्वस्थ्य जीवन जिउने उत्प्रेरणा पाएका छन् ।
सहभागी रामकुमार मेहताका अनुसार योगबाट यँहाका २ सय भन्दा बढीले प्रत्यक्ष लाभ लिएको र ५ सय बढीले अप्रत्यक्ष लाभ पाएका छन् । यता सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा दुव्र्यसन विरुद्धको सचेतना तथा योग विज्ञान शिविर सम्पन्न भएको छ । साझेदारी नेपालको आयोजना र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ को सहयोगमा ५ दिने शिविर सम्पन्न भएको आयोजकले जनाएको छ ।
स्थानीयबासीहरुको उत्साहजनक सहभागीतामा योग शिविर सम्पन्न भएकोे १ नम्बर वार्ड कार्यालयका प्राविधिक सहायक हरिनारायण मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार योग गुरु देवनारायण साह सहितका ४ प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो । शिविरको उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले गर्नुभएको थियो भने समाजसेवी श्यामलाल मेहता, देवानगन्ज १ नम्वरका वार्ड अध्यक्ष सूर्य नारायण पाल, शिक्षक दिनेश कुमार मेहता, श्यामदेव मेहता, बुद्धिजिवि, समाजसेवी तथा यूवाहरुकोे सहभागीता रहेको थियो ।
शिविरमा स्वास्थ्य सचेतनाले दुव्र्यसनबाट मुक्त हुने र शरिरलाई तन्दुरुस्त राख्ने विषयमा प्रशिक्षण दिएकोे आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले योगबाट सामाजिक एकता र शारिरिक रुपमा तन्दुरुस्ती तथा भावनात्मक रुपमा जोड्ने काम हुने भएकाले योगलाई सम्मान गर्नुपर्ने बताउनुभएको थियो ।
शिविरमा विभिन्न ज्ञान, विज्ञान र लाभको सन्देश दिनुका साथै दुव्र्यसन विरुद्धको टिप्सहरु समेत सिकाइएको स्थानीय पत्रकार विवेक मेहताले जानकारी दिनुभयो ।









