१४ चैत्र, इनरुवा। गएको श्रावण महिनाको बाढीताकाको खर्च विवरण फछ्यौट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरी स्थानीय तहलाई बढीमा १५ दिन भित्र विवरण बुझाउन भनेको छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले त्यस्तो बताउनु भएको हो ।
लामो समय सम्म पनि विवरण फछ्यौट नगरिएको भन्दै प्रजिअ पराजुलीले १२ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई १५ दिन भित्र सबै विवरण दुरुस्त पारी प्रशासनमा जानकारी गराउन आग्रह गर्नु भएको हो ।
केन्द्रबाट आफुकहाँ स्पस्ट आदेश आएको बताउनुहुँदै प्रजिअ पराजुलीले तोकिएको समयसीमा भित्र सम्पूर्ण खर्च विवरण फछ्र्यौट नगरे सम्वन्धित तहका प्रमुख सहित प्रशासकिय अधिकृतका नामको विवरण केन्द्रीय सरकार समक्ष पठाइने बताउनुभयो ।








