- दिपेन्द्र यादव

१८ चैत्र, इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपलिका वाडा नं. ७ मा प्रसुति गृहको निर्माण हुने भएका छ। भोक्राहा नरसिंह गाउँपालिका र आर एन एन को सहयोगमा तिन कोठे पक्की भवनको निर्माण हुने भएको प्रसुति गृह निर्माण समितिका अध्यक्ष रमेश यादवले बताए ।

भवन निर्माण समितिका अध्यक्ष यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिको ७ नं. वडा कार्यालयमा निकै मेहनत गरी प्रसुती गृहको एक हप्ता भित्र सिलन्यास गरी कामलाई अघि बढाउने बताए । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ मा रहेका स्वास्थ चौकीको आफ्नो भवन नभएपछि वर्षौ देखी वडा कार्यालयको एउटा कोठामा बिरामीहरुलाई स्वास्थय सेवा प्रदान गर्दै अएको हो। वडामा प्रसुती गृहको भवन निर्माण भएपछि स्वास्थय चौकीलाई पनि विरामीहरुको उपचार गर्न सहज हुने स्वास्थय चौकीका इन्चार्ज रमाशंकर साहले बताए ।

स्वास्थय चौकी इन्चार्ज शाहका अनुसार गर्मी मौसममा विरामीहरुको चाप उल्लेखनीय वृद्धि हुदैँ गइरहेको छ। बिरामीलाई सहज सेवा सुविधा दिन नपाएर हामी आफैँ दुःखी महसुश गरीरहेको बताए। यता आफ्नै गाउँमा यहाँका जनताहरुले केही महिना भित्रै सहज स्वाथ्य सेवा सुविधा लिन पाउँने भएको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार आफ्नो वडाका जनतालाई मात्र होइन भोक्राहा नरसिंह गाउँपालिका समेतका बिरामीहरुलाई आफ्नै वडामा गुणस्तरीय स्वास्थय सेवा दिनमा आफु प्रतिवद्ध रहेको बताए। त्यस्तै यता वडाध्यक्ष यादव र नरसिंहका स्थानियहरुको पहलमा लामो प्रयास पछि प्रसुति गृहको निर्माण हुने भएपछि त्यहाँका स्थानियहरुमा खुसी छाएको स्थानिय जगरुप मण्डलले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia