चितवन । रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् ।त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् ।

चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए । त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन । १६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर कोन्द्रीय पंक्षी रोग अन्वेशण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए ।

प्रयोगशालाले दिएको रिपोर्टमा एआइभी पोजेटिभ देखिएको उल्लेख छ । कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भेपछि अमृत घर फर्किए ।

कुखुरा मर्ने खर बढ्दै गएपछि चैत २० मा फेरी कुखुराको नमुना लिएर उनी प्रयोगशाला गए । त्यस दिनको रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो । त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेको थिए । उनले भने, त्यसपछि मात्र थप जाँचको लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन । अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia