tatopaniसिन्धुपाल्चोक, २८ मंसिर । भारतीय नाकाबन्दीयता सबैको ध्यान तातोपानी नाकातिर केन्द्रीत छ । भूकम्पपछि बन्द रहेको उत्तरतिर सबैभन्दा चल्तीको यो नाका पुनः सुचारु गर्न नेपालतर्फ अब कुनै भौतिक संरचनाले रोक्दैन ।

अरनिको राजमार्ग पूर्णतः सुचारु भइसकेको छ । नेपाली भन्सार र अध्यागमन कार्यालय सञ्चालनमा आइसकेको छ । जत्रै गाडी काठमाण्डुसम्म पुग्न र जति धेरै सामान वैधानिक रूपमा आयात–निर्यात गराउन नेपाली अधिकारीहरू तम्तयार छन् । तर पनि नाका खुल्न सकेको छैन ।

‘हामी २४ घण्टा खटेर सेवा दिन तयार छौं,’ तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, ‘चिनियाँ पक्ष खोल्न तयार रहे हाम्रो तर्फ कुनै समस्या छैन ।’ चीनबाट इन्धनलगायत  अत्यावश्यक सरसामान ल्याउन सबैभन्दा उचित ठानिएको यस नाकाको अवलोकनमा गएको संसदको विकास समिति नेतृत्वको टोलीले त्यही महसुस गरेर फर्कियो । अाजकाे कान्तिपूर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia