काठमान्डाैं/ तीन वर्षअघिको  भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् ।

जसअनुसार आगामी एक वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गर्ने र त्यसपछि नाका सञ्चालनमा ल्याउने गरी काम अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिए ।

‘तातोपानी नाकामा निर्माण भइरहेको सुक्खा बन्दरगाह एक वर्षभित्र तयार भइसक्नेछ,’ उनले भने, ‘त्यसपछि बन्दरगाह हस्तान्तरण हुन्छ र नाका पनि सञ्चालनमा आउँछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia