- मिकाइल आलम

इनरुवा। सुनसरीको कोशी गाँउपालिका वडा नं ५ कुम्याहीमा अस्थायी स्वास्थ्य चौकीको संचालनमा आएको छ । बुधबार कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेपछि सो अस्थायी स्वास्थ्य चौकी संचालनमा आएको हो ।

अस्थायी स्वास्थ्य चौकी उद्घाटन कार्यक्रम कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा वडा नं ५ का अध्यक्ष शाहजमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वडा नं १ का अध्यक्ष राज कुमार शाह, बिअोपी श्रीपुरका इन्चार्ज शंकर थापा, जिल्ला समन्वय समिती सदस्य नौसाद अालम वडा सदस्यसहित स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । अस्थायी स्वास्थ्य चौकीको लागि नयाँ भवनको निर्माणकार्य जारी रहेकोले तत्काल वडा कार्यालयबाट सेवा दिने गरी अस्थायी स्वास्थ्य चौकीको उद्घाटन गरिएको कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष शाहजमालले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia