चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् ।तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ ।तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् ।

छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ, उनले भनिन्, खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ । आजको नागरिक दैनिकमा यो खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia