लौकही । सुनसरीको कोशी गाउँपालीकाको लौकहीमा पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सहयोगमा पशु सेवा शाखा लौकही सुनसरीद्वारा आयोजित एक दिनै पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
उक्त कार्यक्रम कोशी गाउँपालीका वार्ड नम्बर ४ का अध्यक्ष अमीन मिया नेपालीको प्रमुख आतिथ्य तथा पशु सेवा शाखा लौकहीका प्रमुख गोसाई यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ८ वटै वार्डका सर्वसाधारण सहित पशु चिकित्सक तथा प्राविधिकहरुको उपस्तिथि रहेको थियो ।
सो अभिमुखिकरण गोष्ठीमा जिल्ला पशु सेवा विकासका प्रमुख शिवनाथ महतो,केशव श्रेष्ठ सहितकाले सहभागीहरु लाई पशुपंक्षी बिमा जागरण सम्बन्धि अभिमुखिकरण दिएका थिए । सो कार्यक्रममा मनोज यादव,दीप नारायण मेहता,राधेश्याम साह,देवनारायण यादव,सुनिल साह लगायतको उपस्तिथि थियो ।









