भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार सम्पन्न निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय जनाले सेवा लिएको भोक्राहा नरसिंह गाउँपालीकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद सिग्देलले बताएका छन् ।
शिविर भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सो उद्घाटन कार्यक्रममा गाउँपालीकाकी उपाध्यक्ष पुनम कुमारी यादव,प्रशासकीय अधिकृत शशि राई,डाक्टर आलम अन्सारी,विभिन्न वार्डका जनप्रतिनिधिहरु,स्थानीय समाजसेवी तथा बुद्धिजीवी लगायतको उपस्थिति थियो ।
भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयद्वारा आयोजना गरिएको उक्त निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा विभिन्न वार्ड गरी ५ सयजना सर्वसाधारणलाई हाडजोर्नी,फिजिसियन,स्त्रीरोग,बालरोग र अँखा रोग विशेषज्ञहरुले सेवा दिएका थिए ।









