इटहरी । साउन महिना लाग्दै गर्दा छिटाहाका श्रवण ऋषिदेवलाई बाढीको त्रासले सताउँछ । अघिल्लो वर्ष बाढीका कारण उनीसहित उनको परिवार केही दिन विस्थापित भएको थियो । शिविरमा बसेको थियो । उनको परिवारले बनाएको घर खोलाको बाढीले भेट्ने ठाउँमा थियो र भेट्यो पनि ।
तर बाढीसँगै आएको विपत् लगत्तै जुटेका संघसंस्थाको कारणले उनी र उनीजस्तै धेरै बाढी पीडितलाई राहत दियो । त्यसमध्ये एउटा संस्था थियो, जीवन विकास समाज । जीवन विकास समाजले आफ्ना सदस्यहरु बाढीमा पर्दा जनही एक हजार रुपैया सहयोग दियो । त्यतीमात्र होइन, बाढी पीडित बसेको शिविरमा उनीहरुलाई राखेर पकाएर खुवाउने समेत काम गर्यो ।

बाढी पीडित ठाउँ सुनसरीको छिटाहा शाखाका प्रबन्धक महेशकुमार यादवका अनुसार अघिल्लो वर्ष एक हजार ८०० जना सदस्यहरु पीडित थिए । उनले भने, ‘हामी बचत संकलन, ऋण परिचालन मात्र गर्दैनौं, आफ्ना सदस्यहरुलाई परीआउँदा सहयोगसमेत गर्छौं ।’
त्यसो त यस संस्थाले सदस्यहरुलाई शिक्षामा सहयोग गर्न सुलभ दरमा शिक्षा ऋण, स्वास्थ्यमा सहयोग गर्न तीन वटा स्वास्थ्य संस्थासँग सहमती गरेर सहुलीयत दरमा स्वास्थ्य जाँच गराउने व्यवस्था गरेको छ । त्यती मात्र होइन, आर्थिक अवस्था अत्यन्त न्युन भएको परिवारको घर बनाउनसमेत सहयोग गर्ने गरेको छ ।

सिमरिया शाखाका शाखा प्रमुख दीपककुमार राजवंशीकाअनुसार अघिल्लो वर्षको बाढीमा परेकाहरुलाई राहत दिनको लागि ५० हजार रुपैयाभन्दा बढी खर्च भएको उनले बताए ।संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न आपत विपत पर्दा आर्थिक सहायतासमेत दिने गरेको छ । सदस्य आफ्नै मृत्यु भएमा परिवारलाई १० हजार रुपैया र परिवारका सदस्य कसैको मृत्यु भएमा पाँच हजार रुपैया दिने प्रावधान छ । ‘सदस्यलाई पर्दा संस्था छ है भन्ने सन्देश दिने गरेकोछ,’ उनले भने ।

उता सुनसरीकै मधुवन शाखामा वर्षेनी विभिन्न स्वास्थ्य शिविरहरु गर्ने गरिएको छ । सो शाखाका प्रमुख सन्तोष कार्कीकाअनुसार अपर्झट आउने विपत्तीमा परेकालाई राहत दिने, सरसफाइ गर्ने तथा हेल्थ क्याम्पहरु गर्ने गरिएको छ ।हुन त जीवनविकास समाज संस्था वित्त परिचालन गर्ने संस्था हो । सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर र सिन्धुलीलगायत देशभरमा ७० भन्दा बढी शाखाहरुमार्फत् यसले दुई लाख सदस्यहरुलाई वित्तीय सेवा दिइरहेको छ । संस्थाले शिक्षादेखि आवाससम्मका प्रयोजनमा ऋण लगानी गर्ने गरेको छ । तर त्यसबाहेक पनि धेरै सामाजिक काम गर्ने गरेको छ । आफ्ना सदस्यहरुको शिक्षा, स्वास्थ्य, आवासप्रति सचेत देखिन्छ ।

संस्थाले देशैभरी भने स्वास्थ्य शिविर, पीडितहरुलाई राहत, विपन्न र अपांगता भएकाहरुको घर बनाइदिने लगायतका धेरै सामाजिक कामहरु संस्थाको तर्फबाट गर्दै आएको छ ।वित्तीय कारोबारसँगै सामाजिक कामहरुसमेत गरिरहेको जीवन विकास समाजले आफ्ना सदस्यहरुलाई सुकुम्बासी कोही नहोस् भन्ने लक्ष्यसमेत लिएको छ । सोअनुसार जग्गा किन्नको लागि समेत ऋण दिएर प्रोत्साहित गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia