काठमाडौं, ३२ असार । जाजरकोटको नलगाड नगरपालिकामा जंगली च्याउ खाएपछि एकै घरका चार जना सिकिस्त बिरामी परेका छन् ।जंगलबाट टिपेर ल्याएको च्याउको पकाएर खाँदा नलगाड ७, चामाखेतकी ९५ वर्षीया कमला नेपाली, ६५ वर्षीया मुना नेपाली, ३० वर्षीया तिला नेपाली र २० वर्षीया विपना नेपाली सिकिस्त बिरामी परेका हुन् ।

बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार हुन नसकेपछि समस्या भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बिषालु च्याउ विरुद्ध प्रयोग हुने औषधी नहुँदा उपचारमा समस्या भएको नगरप्रमुख रावलले बताउनुभयो ।

दल्लीमा उपचार हुन नसकेपछि सिकिस्त बिरामी चारै जनालाई जिल्ला अस्पताल रिफर भएको उहाँले जानकारी दिनुभयो । च्याउको तरकारी खाएर चार घरपरिवारका २० जना बिरामी परेकोमा कमला, मुना, तिला र विपनाको अवस्था गम्भीर रहेको रावलले बताउनुभयो ।

जंगली च्याउको खाँदा सामान्य बिरामी परेका अन्य १६ जनाको गाउँमै उपचार भैरहेको छ । सिकिस्त बिरामी हुने एकै घरका सदस्य रहेको रावलले जानकारी दिनुभयो ।  समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia