हरिनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६का लागि अनुमानित ४५ करोड ११ लाख ४ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीले दोस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५-०७६ कालागि अनुमानित कुल वार्षिक बजेट सार्वजनिक गरेका हुन् ।

अध्यक्ष अन्सारीले गाउँपालिकाको समृद्धी सहितको दीगो बिकास र गाउँबासीको प्रत्यक्ष हीतमूखी एजेण्डालाई समेटेर वार्षिक बजेट तय गरिएको बताए । गाउँपालिकाले सार्वजनिक गरेको बजेट नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास पूर्वाधार विकास वन वातावरण तथा विपद् व्यस्थापन र सुशासन तथा संस्थागत विकास जस्ता क्षेत्रलाई इङ्गित गरी आवश्यकता र प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको छ ।

बजेटमा सडक बाटो तथा पूर्वाधार निर्माण जस्ता विषयलाई प्राथमिकतामा समेटिएको छ । कृषि, शिक्षा,स्वास्थ्य, सुशासन,आर्थिक सवलिकरण सहितको जीविकोपार्जनको मुद्धालाई बार्षिक बजेटको मुलभुत एजेण्डाका रुपमा अघि सारेको छ । हरिनगर गाउँपालिकाले पूर्वाधार विकास तर्फ चालु आ.व.मा गाउँपालिका स्तरीय गौरवका बहुवर्षिय आयोजना तर्फ बढी लगानी केन्द्रित गरेको देखिन्छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ कुल पुँजिगत लगानीको ३ दशमलव ५ प्रतिशत अर्थात ८६ लाख ३५ हजार रकम विनियोजन गरेको छ । सामाजिक बिकास तर्फ १ करोड ८७ लाख ६४ हजार २सय३२ रुपैंया विनियोजन गरेको गाउँपालिकाले पूर्वाधार विकास तर्फ पुँजिगत अनुदानको ८४ दशमलव ५ प्रतिशत अर्थात २२ करोड ४ लाख २८ हजार ८० रुपैंया विनियोजन गरेको छ ।

त्यसैगरी विपद् व्यवस्थापन तर्फ ३२ लाख ९० हजार, सुशासन तथा संस्थागत बिकास तर्फ ७० लाख ४६ हजार ६ सय ८८ रुपैंया विनियोजन गरेको गाउँपालिका अध्यक्ष अन्सारीले बताए । सार्वजनिकिकरण समारोहमा नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार सहित सीताराम मेहता, राजिब कोइराला, ज्योति सुब्बा, राजन मेहता, जयप्रकाश चौधरी, गाउँपालिका उपाध्यक्ष रिमझिमकुमारी भगत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia