- दिलिप कुमार साह

राजविराज । बक्यौता विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि रु. एक करोड ३८ लाख ७३ हजार ४५४ पैसा १३ बक्यौता रकम असुली भएको छ ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले गत आर्थिक वर्ष २०७४÷२०७५ मा बक्यौता विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि सो रकम असुली भएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो । विद्युत बक्यौता रकम असुली गर्न जिल्ला भरी नै धमाधम लाइन काट्न सुरु गरेपछि ग्राहकले रकम बुझाउन बाध्य भएको बताएको छ ।

जिल्लाभरी नै अभियानकै रुपमा बक्यौता रकम असुलीका लागि लाइन काट्न सुरु गरिने क्रममा यस आर्थिक वर्षमा ५८४ जनाको लाइन काटिएको केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा रु. दुई करोड २७ लाख पाँच हजार ४१० पैसा ६७ बक्यौता रकम असुली गर्ने लक्ष्य रहेको थियो । गत वर्षको लक्ष्यमा रु. ६४ लाख एक हजार ९५६ पैसा ५४ मात्र असुली गर्न बाँकी रहेको बताएको छ ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको यस जिल्लामा ग्राहस्थका ६१ हजार ३२१, औद्योगिक एक हजार १८४, व्यापारिक २६४, सिंचाइ पाँच हजार ३५३, सामुदायिक १४, मनोरन्जन एक, गैर व्यापारिक ३२७, गैर ग्राहस्थ २२, मन्दिर ७१ , खानेपानी १३ लयागत गरी कुल ६८ हजार ६४८ विद्युत उपभोक्ता रहेको बताएको छ । यस आर्थिक वर्षमा १३ हजार ६६९ वटा विद्युत मिटर वितरण भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia