काठमाडौं / नेपाल विद्युत प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलार्इ ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ। ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पुर्याइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णयगरी ९ हजार कर्मचारीलाई उत्सवभत्ता पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो। आर्थिक वर्ष २०७३/७४मा १ अर्ब ४६ करोेड बराबर नाफा कमाउन सफल प्रधिकरणले भने गत वर्ष २०७४/७५ मा ९८ करोड कमाउन सफल भएको हाे । अाजकाे काराेबार दैनिकमा खबर रहेकाे छ ।








