पाल्पा / लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ । विगत वर्षमा जस्तै अनुगमनको समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहोर्याएको भेटिएको हो ।
काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई दिनसम्म कलेजको अनुगमन गरेको थियो । काठमाडौंबाट आएको टोलीले ६ र ७ भदौमा गरेको अनुगमनका क्रममा कलेजले बिरामीको संख्या बढी देखाउन गाउँगाउँबाट भाडाका बिरामी ल्याएको भेटिएको राजधानी स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।








