काठमाडौँ, १३ भदौ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्ना गाडी र इन्धन दुरुपयोग रोक्ने निर्णय गरेको छ ।पदाधिकारीले निजी काममा सवारी साधन (स्कर्पियो) र इन्धन महिनौंदेखि दुरुपयोग गरिरहेको आवाज उठेपछि समितिले त्यस्तो निर्णय गरेको हो ।

समितिका सदस्यसचिव प्रेमनारायण कँडेलले चुरेका गाडी निजी काममा प्रयोग नगर्ने निर्णय गरिएको जानकारी दिए ।‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका पनि प्राप्त भएकाले अनावश्यक रूपमा सवारी र इन्धन प्रयोग नगर्ने औपचारिक निर्णय गरिएको छ,’ उनले भने ।

समितिका कर्मचारीले निजी काममा गाडी र इन्धन दुरुपयोग भइरहेको भन्दै तत्काल छानबिन गर्न वन मन्त्रालयको लिखित ध्यानाकर्षण गराएका छन् । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia