इनरुवा। पाँचौ परिवार नियोजन दिवसको अवसरका सुनसरीको इनरुवा सहित जिल्लाभर विविध कार्यक्रम गरिएका छन् । इनरुवामा जनप्रतिनिधी सहित मुस्लिम महिला लगायत सरोकारवालाको उपस्थितीमा छलफल सहित नगरपालिकामा अन्तरकृया जस्ता कार्यक्रम गरिएका छन् ।
त्यसैगरी गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवको प्रमुख आतिथ्यमा किशोरी शिक्षा, सचेतनासँगै परिवार नियोजनका साधन तथा विधी सहित परिवार नियोजन साधनको सुनिश्चितताका विषयमा अन्तरसम्वाद गरिएको छ ।
सबैजसो स्थानीय तहले आफु पायकका स्थानमा दिवसका सार्थकता र महत्व सहित वर्तमान परिपेक्षयमा परिवार नियोजनका साधनको सुनिश्चितता सहित सचेतना र सुरक्षित प्रयोग जस्ता विषय केन्द्रीत कार्यक्रम आयोजना गरिएका छन् ।









