- दिलिप कुमार साह

राजविराज । संविधान संशोधन नभएसम्म संविधान दिवसको खुशीयाली मनाउने बेला नभएको संघीय समाजवादी फोरम नेपाल अध्यक्ष तथा उप–प्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन् । जिल्लाको सदरमुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका यादवले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भन्नुभयो–संविधान अन्तर्गत चुनावमा भाग लिइसकेपछि संविधान दिवसमा ब्ल्याक आउट गर्नु पनि उचित नभएको दावी गर्नुभयो ।

उहाले भन्नुभयो ‘राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसदमा ज्येष्ठ सदस्यको नाताले सांसदहरुलाई संविधान मान्छु भनेर सपथ खुवाउने अनि आफै संविधान दिवसलाई कालो दिवस भनि मनाउनु कुन नैतिकताले देला ? संविधानलाई मानेर मन्त्रीको झण्डा हलाउँदै संविधान विरोधी कालो दिवसमा सहभागि हुन पनि नमिल्ने भन्दै राजनीतिमा द्वैध चरित्र कसैका लागि पनि नसुहाउने अध्यक्ष यादवले तर्क गरे । संविधान दिवसबारे पत्रकारहरुसँग कुराकानी गर्दै कालो दिवस मनाउनेप्रति आफुहरुको गुनासो नरहेको उनले बताए ।

संविधान दिवसका दिन अहिले नै खुशियाली वा दिपावली मनाउने समय चाही भईनसकेको बताउँदै उनले जुन दिन संविधान संशोधन भई मधेशी, आदिवासी, जनजाती, दलित, उत्पीडनमा परेकाहरुको पूर्ण अधिकार प्राप्त हुँदैन, तबसम्म हामीहरु संविधान दिवसलाई दिपावली गरेर मनाउन सक्दैनौं ।’ संविधान संशोधनगरी सबैको हक अधिकार सुनिश्चित गर्ने, संघीयता, गणतन्त्र, समावेशिता जस्ता संविधानका उपलब्धिको रक्षा गर्ने र गरिबी तथा पछौटेपनका विरुद्ध विकास निर्माणका काम गर्ने मुख्य तीन जिम्मेवारी अहिले रहेको उनले बताए ।

उनले भने ‘यही संविधानलाई टेकेर ३–३ वटा निर्वाचनमा भाग लिएका छौं, अब बाँकी अधिकारकालागि जुट्नु र विकासको लागि अग्रसरता लिनु आजको आवश्यकता हो ।’ संविधान संशोधनलाई राजनीतिक प्रक्रियाकै रुपमा अघि बढाउनु पर्ने कामलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै उनले थपे ‘संशोधन नभएसम्म न हामी दिपावली गर्छौ, न ब्ल्याक आउट ।’संविधासभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका युवा नेता लक्ष्मण यादवसहित करिब एक हजारभन्दा बढी नेता तथा सर्वसाधारण फोरम नेपालमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष समेत रहेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवलगायतले स्वागत गरेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, सरोज कुमार राय, पार्टीका मुख्य सचिव शम्भु झा लगायतले मन्तव्य व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia