काठमाडौं । बहुप्रतिक्षित काठमाडौं-तराई-मधेश द्रूतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आँकलन गरिएको छ। दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ।
७६.२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्नेगरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ। ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ। अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।









