- जयकृष्ण यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ७ चान्दबेला र गढी गाउँपालिका २ औरावनी जोड्ने ज्वाला खोलाको झोलुगें पुल निर्माणमा अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका छन् । निर्माण सम्पन्न भई सनिबार उद्घाटन गर्ने क्रममा सयौ स्थानीयहरुले गुणस्तरहिन काम भएको र आर्थिक अनियमितता गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

उद्घाटन कार्यक्रममा इनरुवा ७ का वडा अध्यक्ष किसोर सिंहले जिल्ला प्राविधिक कार्यालय , परिवर्तन नेपाल र स्थानीय उपभोक्ता समिति सहितको मिलिभगतमा कमसल काम गरी अनियमितता गरेको आरोप लगाउनुएको छ ।

झोलुगे पुलको काम योजना (स्टिमेट) अनुसारको नभएकाले स्थानीयहरुले वडा कार्यालयमा दबाब दिएको र त्यसपछि प्राविधिकहरुलाई सम्पर्क गर्दा गैरजिम्मेबारी अभिव्यक्ति दिएको वडा अध्यक्ष सिंहले बताउनुभयो ।

सिंहले ज्वला खोला झोलुगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मन्नुला सरदारले पुल स्तरिय बनाउने भनिएपनि केही प्राविधिक कारणले कम्जोर भएकाले त्यसमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

समितिका सचिव भागवत चौधरीले समेत काममा केही कम्जोरी भएको स्विकार गर्नुभएको छ । जिल्ला प्राविधिक जाचँपास भएर उद्घाटन भएकाले शंका गर्ने ठाउँ नभएपनि केही प्राविधिक कारणले कम्जोर भएकाले त्यसमा सुधार गर्ने वहाँले पनि प्रतिवद्धता जनाउनुभयो ।

कुल ३२ मिटर लम्बाई र १ दशमलव २० मिटर रहेको ज्वला खोला झोलुगे पुल निर्माणका २७ लाख १९ हजार ७१२ रुपियाँ बजेट लागत रहेकोमा १३ लाख रुपियाँमै काम सकेको समितिका एक सदस्यले बताएका छन् ।

ज्वाला खोलाको झोलुगें पुल निर्माणमा नट बोल्टुको ठाउँमा काईडिंग गरेको, लागत स्टिमीमेट थाहा नदिएको , पुलको दुरी सांगुरो भएको, पुल निर्माणमा प्रयोग भएका सामग्री भन्दा दोव्वरको बिल तयार पारेको समितिका कोषाध्यक्ष रामशुन्दरी उराँवले बताउनुभयो । वहाँले कति रकमको चेकमा सही गराएको भन्ने विषयमा जानकारी नभएको र पढ्न नआएकाले गुम्राहामा पारी निर्माणमा अनियमितता गरेको खुलासा गर्नुभयो ।

यसैबीच ज्वाला खोलाको झोलुगें पुल निर्माण सम्पन्न भएकाले सनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीले उद्घाटन गर्नुभयो । भण्डारीले पुलमा अनियमितता भएको विषयमा आफूलाई केही जानकारी नभएको तर केही कम्जोरी भएको भए त्यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia