लौकही । सुनसरीको कोशी गाउँपालीका वार्ड ४ मा आधुनिक खेती प्रविधि बारे अगुवा कृषकलाई तालिम दिएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ४ को सहयोगमा समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीको आयोजना सो तालिम सम्पन्न भएको हो । वार्ड नम्बर ४ का अध्यक्ष अमिन मिया नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीका अध्यक्ष हजरत हुसेनले गरेका थिए । कार्यक्रममा सहभागी ७० जना अगुवा कृषकहरु लाई क्षेत्रीय तालिम केन्द्र झुम्का बाट आएका प्रशिक्षकले कृषकहरु लाई आधुनिक प्रविधियुक्त तरिका कसरी खेती गर्ने र कम लागतमा कसरी बढी उत्पादन गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको आयोजक समितिका सचिव दिनेश साहले बताए । साहका अनुसार सहभागी कृषकहरु लाई उन्नत जात बिउ र फर्सीको बिउ वितरण गरेको बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने
इनरुवा – इनरुवा नगरपालिकाले मासु पसल सञ्चालकहरूलाई इजाजत लिन आग्रह गरेको छ। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने ...
सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनर...
इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...









