इनरुवा। सुनसरीको हरिनगर गाउँपालिकामा रहेको सहकारी संस्था लिमिटेड हरिनगराको ३५ औं साधारण सभा सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका किसान र कृषकहरुको क्षेत्रमा कार्यरत्त रहेको सहकारी संस्था लिमिटेड हरिनगराको साधारण सभा विहीबार सम्पन्न भएको हो । सहकारी संस्था लिमिटेड हरिनगराले आफ्नो एक करोड १८ लाख ९३ हजार ३४४ रुपियाँ २९ पैसाको आयव्यय सार्वजनिक गर्दै ३५ औं साधारण सभा सम्पन्न गरेको छ ।

सहकारी सांस्था लिले आफ्नो सेवाबाट २६ लाख ३ हजार ५४० रुपियाँ ६४ पैसा मुनाफा कमाएको संस्थाका अध्यक्ष बद्री प्रसाद यादवले जानकारी दिनुभयो । संस्थाले व्यपारबाट १३ लाख ६९ हजार ३५६ रुपियाँ ३१ पैसा, ऋणबाट एक करोड ४९ हजार ७४५ रुपियाँ , लगानीबाट पाँच लाख ९५ हजार १८५ रुपियाँ ८२ पैसा , तस्तुरबाट १३ हजार १६६ र विविधबाट पाँच लाख २५ हजार २१९ रुपियाँ ९० पैसा गरी एक करोड १८ लाख ९३ हजार ३४४ रुपियाँ २९ पैसाको आय रहेको साधारण सभामा प्रस्तुत गरिएको छ । संस्थाले आफ्नो सधारण सभामा विजय पंडित, दोरिकलाल साह, नम्रता कुमारी साह सहितका ५ जना उत्कृष्ट बचतकर्ता पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यसैगरी संस्थाका उत्कृष्ट कर्मचारी पुरस्कारबाट मो. महीउदीन सिद्धिकी, जगदीश प्रसाद साह, रामेश्वर पंडित, मन्नु साहु, जितनारायण यादव, सकलदेव मण्डल, शुभनारायाण यादव र दशरथ उराँव लगायतकालाई पुरस्कृत गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

संस्थाका उत्कृष्ट ऋणीहरुको सम्मानबाट शिवराम महतो, तारानन्द मण्डल, विनोद सरदार, रामदेव यादव, रामेश्वर साह, जनकलाल मेहता सहितकालाई सम्मान गरिएको यादवले बताउनुभयो । सहकारी संस्थाको साधारण सभामा नेपाली काग्रेसका नेता तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजिव कोईराला, सासद ताहिर अांसरी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अांसरी, देवानञ्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता, हरिशंकर मेहता लगायतकाले शुभकामना मन्त्वय राखेका थिए । वक्ताहरुले सहकारीको विकास गरी देशको विकासमा योगदान गर्नं सक्ने र स्वरोजगार समेत सृजना गर्न सक्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अथिति तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजिव कोईरालाले सहकारी संस्थाको माध्यमबाट सबै क्षेत्रको विकास गर्न सक्ने बताउनुभयो । वहाँले विगतमा कम्जोर भएको सहकारी संस्थाहरु अहिले आएर सकृय भएको र कारोबार तथा मुनाफा समेत बढाउदै लगेकाले रोजगार सृजना गर्ने काम भएको बताउनुयभो । वहाँले गाउँगाउँमा टोलटोलमा सहकारीको विकास भए मात्र देशको समृद्धिको यात्रालाई पार लगाउन सक्ने तर्क गर्नुभयो ।

सभामा सासद ताहिर अांसरीले समेत सहकारी संस्थामा गाउँका सबैलाई सेयर दिनुपर्ने र कारोबारको क्षेत्र बढाउनुपर्ने सुझाब दिनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रशुराम मण्डल, जिल्ला प्रतिनिधि इस्राईल अंसरी, सदस्य देवनारयाण मेहता, ताहिर अंसारी, कृष्णलाल यादव, लेखा समिति संयोजक हरिशंकर मेहता, सदस्य पंचालल मेहता, विरनद्रकुमार मेहता लगायतकाले सहकारीको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा हरिनगर गाउँपालिका ४ का वडा अध्यक्ष सुदिलाल मेहता, अरविन्द मेहता, नसिर खाँ, उपाध्यक्ष रिमझिम भगत, देवानञ्ज गाउँपालिका उपाध्यक्ष पुनितादेवी यादव, वडा अध्यक्ष असोक कुमार यादव, सुरेन्द्र यादव, समिम अांसरी, अनिरुद्ध गुप्ता, रामलखन महतो लगायतकाले समेत सहभागि थिए । स्थानीयहरुलाई समेट्न र साधारण सभाको सफलताको शुभकामना दिएको सहकारीकर्मी राजेन्द्र मेहताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia