- जयकृष्ण यादव

इनरुवा। सुनसरीका किसानहरुले बजारमा डिएमपी मल अभाव भएको भन्दै विना मलखाद्धकै मकैं खेती गर्न बाध्य भएका छन् । सरकारले प्रयाप्त मल बजार रहेको दावी गरेपनि सुनसरीको इनरुवा, हरिनगर, गढी, दुहवी, रामधुनी सहितका किसानहरुले बजारमा डिएमपी मल अभाव भएको गुनासो गरेका छन् ।

बजारमा दुई महिनायता पोटास मल अभाव रहेकोमा पोटास विना गहु छर्न बाध्य रहेका सिकानहरु अहिले केही गहु र मकैं खेती गर्ने किसानहरु पोटासगैं डिएपी मल विना नै गहुँ र मकैं खेती गर्न बाध्य भएका हुन् । समयमा मलखाद्ध र उन्नत जातको विउँ नपाउदाँ सिकानहरु मारमा परेको बेला सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका किसानहरुले बजारमा डिएमपी मल अभाव भएको भन्दै विना मलखाद्धकै मकैं खेती गर्न बाध्य भएको स्थानीय किसान सियाराम यादवले गुनासो गर्नुभएको छ ।

किसान यादवले आक्रोष पोख्दै भन्नुभयो, नेपाल सरसरले प्रयाप्त मल दिदैन, सीमाका किसानले केही मल भारतबाट ल्याएर काम चलाउन खोज्दा प्रहरीको हस्तक्षेप र ज्यादती छ , हामीले कसरी खेतीपाती गरौं । यादवले सरकारबाट र प्रकृतिाबाट समेत किसानहरु मारमा परेको गुनासो गर्नुभयो ।  कुनै बेला सिंचाईको पानी अभाव , कुनैबेला बेमोसमी वर्षा , कहिले बजारमा मल अभाव , कहिले मजदुर अभाव त कहिले विउँको अभाव हुने कारणले पीडित किसानहरु ठूलो मारमा परेको यादवको भनाई रहेको छ । अर्का किसान विरेन्द्र साहले समेत बजारमा मल नपाएकाले मकैं बाली त्यसै लगाएको गुनासो सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia