- प्रमिला वान्तावा

मोरङ। मोरङको रमाइलोस्थित जनसेवा मा.बि मा निशुल्क दन्त शिविर गरिएकोछ । जनसेवा माध्यमिक विद्यालयमा २०४७ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुले हाल अध्यनरत विद्यार्थी र अभिभावकहरुको स्वास्थ्यलाई जोड दिंदै निशुल्क दन्त शिविर आयोजना गरेका आयोजना गरेका हुन् । विपि कोइराला स्वास्थय विज्ञान प्रतिस्ठान धरान को सहकार्यमा निस्शुल्क दन्त शिविर सम्पन्न भएको कार्यक्रम संयोजक उदय सुव्वाले वताउनुभयो ।

शिविरमा विपि कोइराला स्वास्थय विज्ञान प्रतिस्ठानको प्रोफेसर डाक्टर आसीस श्रेष्ठ, प्रोफेसर डाक्टर ताराकान्ता भगत लगायतको टोलीले ३०० बढी विद्यार्थीहरुको दन्त सम्बन्धी सम्पूर्ण समस्याको परिक्षण गरेका थिए । दन्त शिविरमा आवश्यक परामर्श र निशुल्क औषधी समेत प्रदान गरिएको कार्यक्रम संयोजक सुव्बाले बताउनुभयो ।

कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी साथै उनीहरुको अभिभावकहरु दन्त शिविरवाट लाभान्वित छन । दाँत वलियो भए मात्रै आँत बलियो हुन सक्ने भन्दै दाँतको सुरक्षामा विशेष ख्याल गर्न कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ को प्रदेश सभा सदस्य सेर्माराज राईले आग्रह गर्नुभयो । राईले स्वस्थ दाँत भएमा मिठो मुस्कान हुने समेत बताउनुभयो । कार्यक्रममा विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठानको प्रोफेसर डाक्टर आशिष श्रेष्ठले शरीरका अन्य अङ्गलाई बढी जोड दिँदै परिक्षण गर्ने तर दाँतको सुरक्षामा ख्याल नगर्ने नराम्रो परीपाटी भएकाले अव त्यस्तो परीपाटीको अन्त्य गर्दै दाँतको सुरक्षाका लागि विशेस ख्याल गर्न आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia