इनरुवा । एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिक राख्ने सरकारको निती अनुसार ग्रामिण क्षेत्रमा कार्यरत रहेका भेटरीनरी प्राविधिकहरुले विभिन्न माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएका छन ।

शुक्रवार इनरुवामा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार काठमाडौंमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश पराजुली मार्फत ज्ञापनपत्र बुझाउदै एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिकको व्यवस्थापनका लागि माग पुरा गर्न सरकारको ध्यानआकर्षक गराएको बराहक्षेत्र नगरपालिकामा कार्यरत पशु प्राविधिक रविन्द्र कोइरालाले बताए ।

पशु प्राविधिकहरुले बुझाएको ज्ञापनपत्रमा स्थानीय स्तरमा प्रवाह हुने कृषि प्रसार सेवालाई सहज र सरल तरिकाले कम लागत र समयमा नजिकको थलोबाट उपलब्ध गराउँदै कृषि प्रसार सेवाको पहँुच बढाउनका साथै कृषि सेवा प्रदायक र सेवाग्राही जनताहरु विचको दुरीलाई कम गर्दै तालिम प्राप्त प्राविधिकहरुलाई स्वदेश भित्रै रोजगारीको अवसर सिर्जना गर्ने र कृषि उत्पादन बजार प्रवद्र्धन गरी राष्ट्रिय आयमा बृद्धि गर्ने उदेश्यले काममा लगाईएका कृषि तथा पशु सेवा प्राविधिकलाई स्थायी गर्न माग गरेका छन ।

जिल्ला अध्यक्ष चन्द्र कटुवालले हस्ताक्षर गरेको सो ज्ञापनपत्रमा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोकसेवा आयोगको मापदण्ड लिखित र मौखिकका आधारमा छनौट भएर करारमा हाल स्थानीय तहमा खटिएर गएका एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिकहरुलाई स्थानीय तहमा स्थायी दरबन्दी कायम गरी स्वतः स्थायी गरीनु पर्ने माग गरिएको छ ।

ज्ञापनमा तत्काल नेपाल निजामती सेवा ऐन परिमार्जनको चरणमा रहँदा निजामती सेवा ऐनको दफा ८ मा रा.प.अनं. द्वि.पद नरहने व्यवस्था गर्न खोजिएकोले हाल सम्म प्राविधिक विषयमा अध्ययन पुरा गरेका टिएसएलसी कृषि, भेटेरिनरी अमिन लगायतका प्राविधिक पद कायम गरी खुल्ला विज्ञापन मार्फत पदपुर्ति गरीनु पर्ने समेत माग गरेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia