सुनसरीको इनरुवामा कृषक समूह र प्रमुख फर्म ब्यापारीहरुबिच छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
समवन्ध सुधार सहित गुणस्तरीय उत्पादन र बजारीकरणमा टेवा पु¥याउने उद्देश्यकासाथ कृषक समूह र ब्यापारीबिचको अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
सुनसरीका किसानहरुको आर्थिक शशक्तिकरण (सीप) परियोजना अन्र्तगत ग्रामिण समाज केन्द्र सुनसरीले कुषक र प्रमुख फर्म ब्यापारीबिच अभिमुखिकरण कार्यक्रम आयोजना गराएको हो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र सुनसरीले इनरुवा सहित रामधुनी, इटहरी र गढीका वडाहरुमा सीप परियोजना संचालन गर्दै आएको छ ।
५४ वटा समूहमा किसान क्षमता अभिवृद्धि, सहयोगी सामग्री सहयोग तथा बजारीकरणकालागि समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको आरएसडीसीले पहिलो चरणमा ३० जना किसानहरुलाई अभिमुखिकरण कार्यक्रममा सहभागि गराएको थियो ।
कार्यक्रममा सहभागि किसानहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिँदै अचार र जुस बनाउने बारेको आवश्यक ज्ञान र परामर्श दिइएको थियो । सहभागिहरुलाई सीप परियोजना संयोजक सन्तोष चौधरी, वल्र्ड भिजनका बजार संयोजक उमेश थापा र जेभीसी इन्ड्रसट्रीजका अनन्त विष्टले सहजिकरण गरेका थिए ।
कार्यक्रमलाई क्रमश विस्तार गर्दै किसान लक्षित अन्य योजनालाई समेत अघि बढाइने परियोजना संयोजक चौधरीले बताए ।









