पूर्वाञ्चल स्कील प्रशिक्षण तथा रोजगार केन्द्र इनरुवाले तीन महिने प्लम्बर तथा वायरिङ तालिम समपन्न गरेको छ ।
केन्द्रले इनरुवामा प्लम्बर र सप्तरीको कञ्चनरुप नगरपालिकामा हाउस वायरिङ तालिम समपन्न गरेको हो ।

इनरुवामा समपन्न भएको प्लम्बर तालिममा १५ जना युवाहरुको सहभागिता रहेको थियो भने सप्तरीमा समेत सोही संख्यामा युवाहरुको सहभागिता रहेको पूर्वाञ्चल स्कील प्रशिक्षण तथा रोजगार केन्द्र इनरुवाका संचालक इन्जिनियर इमतियाज अहमदले बताए ।

वामी नेपालको सहयोगमा इनरुवामा संचालित तालिममा डा। शमिम अहमद, गुफरन अहमद, वडाअध्यक्ष रामचन्द्र पोदार लगायतको उपस्थिती रहेको थियो । कञ्चनरुप नपामा भने मेयर वशन्त मिश्र, इन्जिनियर अफताब आलम, गुफरन अहमद सहित विभिन्न वडाका वडाध्यक्ष लगायत अगुवा नेताहरुको उपस्थितीमा तालिम समापन गरिएका इन्जिनियर इमतियाज अहमदले जानकारी दिए ।









