- मिकाइल आलम

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित बसन्तपुरकाे सिसुवा नाकाबाट सशस्त्र प्रहरीले १५ बाेरा कालो मरिच सहित अटाे गाडी नियन्त्रणमा लिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिसुवा बसन्तपुरका सशस्त्र प्रहरी निरीक्षक मनोज निरौला नेतृत्वको टोलीले बिहीबार १५ बाेरा मरिच बरामद गरेको हो ।

सुनसरीको नाका हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा २ लाख बढीको मरिच बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सिमावर्ती क्षेत्रका नाकाहरुबाट पछिल्लो समयमा नेपालबाट भारततर्फ कालाे मरिच तस्कर हुने गरेको स्थानीय बताउँछन् । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेकाले तस्करी हुने गरेको छ ।

जिल्लाको भाण्टावारी,लौकही,बसन्तपुर ,घुस्की सहितका नाकाबाट कालो मरिच भारततर्फ तस्करी हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले बताए । एउटा नाकामा कडाई गर्दा अर्को नाका प्रयोग गरेर कालो मरिचको तस्करी गर्ने गरिएको ति व्यापारीको भनाइ थियो । यसबारे सशस्त्र प्रहरी संग बुझ्दा सुरक्षा व्यवस्था कडा गरेको र तस्करी शुन्य भएको बताएपनि सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी हुने गरेको बताइन्छ ।

बसन्तपुर सशस्त्र प्रहरी निरीक्षक मनाेज निरौला नेतृत्वमा खटिएको प्रहरी टोलिले २ लाख २५ हजार मुल्य बराबरको १५ बाेरा कालाे मरिच सहित को २ ह ५२६७ नम्बरको अटाे गाडी बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक निराैला नेतृत्वको टोलिले दशगजा स्थित सिमा स्तम्भ नजिकबाट अटाे गाडीमा लोड गरि भारततर्फ लैजादै गरेको अवस्थामा १५ बाेरा कालाे मरिच बरामद गरेको थियो । बरामद गरिएको १५ बाेरा कालाे मरिच र अटाे गाडीको जम्मा ५ लाख ५० हजार मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाउने सशस्त्र प्रहरी बल बसन्तपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia