हिरो मोटोकर्पद्वारा उत्पादित स्टाइलिस स्पोट्स बाइक नयाँ एक्स्ट्रिम २०० आर इनरुवामा लन्च गरिएको छ ।इनरुवामा रहेको हिरोको आधिकारिक विक्रेता ओम साई ग्लोबल अटो सोरुमले एक्स्ट्रिम २०० आर बाइक बजारमा ल्याएको हो ।प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले इनरुवामा उक्त बाइक लन्च गरेका छन् । दुई सय सिसीको सो बाइक अन्य बाइक भन्दा सस्तो र आर्कषक रहेको भएकाले बाइक पारखीको रोजाईमा पर्ने हिरो सोरुम इनरुवाका प्रोपाइटर विरेन्द्र साहले बताए ।

२ लाख ९५ हजार मूल्य पर्ने बाइक सडकको सर्फेस अनुसार आरामदायी र धेरै विशेषता युक्त रहेको बताइएको छ । सहजै टर्निङ गर्न मिल्ने बाइकमा दुई सय सिसी सिंगल सिलिण्डर र एयरकुल्ड इन्जिन रहेको साहले बताए । एन्टी लक ब्रेकिङ सिस्टम भएको एक्स्ट्रिम २०० आर ४ दशमलव ६ सेकेण्डमै शून्यदेखि ६० किलोमिटरको गति लिन सक्ने क्षमता भएको हिरोले जनाएको छ ।








