सुनसरीको इनरुवा ९ बबियामा रहेको परापूर्वकालिन मानिने भगवती मन्दिरमा धन धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ । भगवती मन्दिर पुराण आयोजक समिति इनरुवाले पत्रकार सम्मेलन गरी सप्ताह धार्मिक ज्ञान महायज्ञको तयारी थालेको जनाएको हो ।

महायज्ञका प्रचारप्रसार संयोजक विनोद खनालका अनुसार महायज्ञ माघ २७ गतेबाट सुरु भई फागुन ६ गते सम्म चल्ने छ । पुर्वाञ्चल पर्यटन विकास संस्था प्रा.लि. वैदिक सनातन बहुद्देश्यि धर्म रक्षा सेवा समिति दमकको सहयोगमा संचालन हुने श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञमा युवा प्रवक्ता व्यासाचार्य पंडित ताराप्रसाद कुईकेलले कथा वाचन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुराणबाट संकलित रकम मन्दिर पूर्वाधार निर्माणमा खर्च गरिने प्रचारप्रसार समितिका खनालले जानकारी दिए । हिन्दु धर्मको संरक्षण र पितृ उद्धारार्थ भागवत पुराण आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia