इनरुवा नगरपालिका वडा नम्वर ६ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । शिविर मधेशा स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा वडा नम्वर ६ को कार्यालयले आयोजना गरेको थियो ।

नेपाल नेत्रज्योति संघ आँखा अस्पताल बिराटनगरको सहआयोजनमा सम्पन्न शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन् । शिविरमा कानको समस्या भएका ४८ जना विरामीले निःशुल्क सेवा लिंदा आँखा सम्वन्धि समस्या भएका १ सय ४० जनाले चेकजाँच गराएका छन् ।

सेवा लिएका मध्ये मोतिया बिन्दु भेटिएका १८ र कानका ४ जनालाई अप्रेसनकालागि बिराटनगर पठाइने मधेशा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष गिरिचन्द्र पोखरेलले जानकारी दिए । वडावासीलाई सहज र सुलभ स्वास्थ्योपचार दिलाउन एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वडाध्यक्ष समेत रहेका मधेशा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कोषराज अधिकारीले बताए ।स्वास्थ्य चौकी प्रमुख सुशिला पोखरेलकासाथै वडा सदस्यहरु लगायतको उपस्थितीकाबीच स्वास्थ्य शिविर सम्पन्न गरिएको कार्यक्रम व्यवस्थापक एकनारायण श्रेष्ठले जानकारी दिए ।










