इनरुवा। सुनसरीको सदरमुकाम समेत रहेको इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा औषधी खरिद नगरेकाले इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको हो ।
इनरुवा ७ चान्दबेलामा रहेको स्वास्थ्य चौकीमा निशुल्क वितरण गर्नुपर्ने ३५ प्रकारका औषधी मध्ये २७ प्रकारको मात्रै रहेको र त्यो पनि प्रयाप्त नरहको इन्चार्ज निखिल पोखरेलले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय हुदाँ कतै कम र कतै बढी गरेर माग र आवश्यकताको आधारमा आपूर्ती हुदै आएकोमा अहिले स्थानीय र संघ तथा प्रदेश सरकारको तालमेलका कारणले समयमा इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
कोटेसन र टेण्डर गरेर औषधी खरिद गर्ने हुदाँ समय बढी लाग्ने र आएको औषधी समेत नगरपालिकामा जम्मा गर्नुपर्ने त्यसपछि दाखिला र पठाउनुपर्ने भएकाले महिनौसम्म ढिलाई भएको चौकी प्रमुखहरुको आरोप रहेको छ ।बबिया स्वास्थ्य चौकी प्रमुख सन्तोश देवले समेत यहाँ सबै प्रकारको भनिएको निशुल्क वितरण गर्ने औषधी अभाव रहेको बताउनुभएको छ ।
वहाँले माग फारम भरेर पठाएको महिनो ढिलो त्यसमा पनि माग अनुसारको औषधी नपठाईदिदाँ समस्या भएको सुनाउनुभयो । इनरुना नगरपालिका क्षेत्र भित्र रहेको चान्दबेला स्वास्थ्य चौकीमा एक महिनामा ७ पटकसम्म समान्य औषधीका लागि जादाँ समेत नभएको भन्दै फर्काईदिएको स्थानीय सेवाग्राही प्रमिला सिंहले बताउनुभयो । वहाँले स्वास्थ्य संस्थामा निशुल्क वितरण गर्ने औषधी सकिएको भन्दै फर्काईदिएको गुनासो सुनाउनुभयो । यता इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औषधी नियमित रहेको र केही समस्या भए तत्काल समाधान हुने प्रतिकृया दिनुभयो । त्यसका लागि स्वास्थ्य शाखालाई भनेको समेत बताउनुभयो ।









