काठमाडौं । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए ।

गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९१ नम्बरको गाडी प्रयोग गरेको पाइएको छ ।यो त एक उदाहरण मात्र हो । जिल्लाका अधिकासं सरकारी सवारी साधन विबाह ,पिकनिक र पुजा पाठमा जादाँ समेत प्रयोग भएरहेको छ ।

भोटखोलालाई सदरमुकाम खाँदबारी आउन जान मात्र पास दिइएको संखुवासभा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने सरकारी गाडी कुनै पनि पुजा पाठ, विहे जाने अनुमति नभएको बताए । सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउनुपरेमा जिल्ला प्रशासन कार्यालयबाट पास अनिवार्य भएपनि गत शनिबारको पास नभएको पाइएको छ ।

सकड सञ्जाल नै नपुगेको भोटखोलाको गाडी अहिले सरकारी प्रयोजनमा भन्दा पनि मोजमस्ती प्रयोग भएको भन्दै स्थानियले आपत्ती जनाएका छन् । गाँउपालिकाको केन्द्रमा पुग्ने सडक नभए पनि गाडी खरीद गरेको छ ।भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि ४० लाख ७५ हजार रुपैयाँमा स्करपियो गाडि खरिद गरेको छ । विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर सडक स्ुचारु भएको पाइन्छ ।

किमाथांका–जोगवनी सडक अन्र्तगत भोटखोलाको ठाडो खोलाबाट बरुण दोभान सम्म यातायत सञ्चालन छ ।सरकारी सम्पत्ती दुरुपयोग हुदाँ समेत सरोकारवाला निकाय मुख दर्शक बन्नु दुखद भएको भोटखोला–२ का आङजुङ भोटले बताए । ब्यक्तिको पञ्चवली खान सरकारी गाडी लिएर जानु राज्यको सम्पत्ती चरम दुरुपयोगमा पुष्टि भएको बताए ।

उनले भने गाउँपालिका केन्द्रमा सडकौ नपुगि गाडी किन्ने हत्तारो भएको बताए । भोटेले भने सडक सञ्जाल नपुगेको गाउँपालिकाले सदरमुकाम नै काम बेगर नै सञ्चालन भइरहेको पाइएकाले समन्धित निकायले त्कालै नियन्त्रण लिएर कारर्वाहि गर्नु पर्ने उनको माग छ ।उनले भने, ‘केन्द्र सम्म जाने सडक नभएपनि गाँउपालिकाले प्रत्येक वडाले समेत मोटरसाइकल समेत खरिद गरिसकेका छन् । गाडी गाँउपालिका केन्द्र जाने भन्दा पनि सदरमुकाम खाँदबारी मै मात्र सञ्चालन हुने गरेको पाइएको छ ।

सडक सञ्जाल नै नपुगेको भोटखोलामा विलासी जनप्रतिनिधिले सदरमुकाम मै गाडी चलाउने मात्र खरीद गरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।स्थानीय जनता पैदल ४÷५ दिन लगाएर सदरमुकाम खाँदबारी सेवा लिन धाउने गरेका छन् । भोटखोलाले विभिन्न विभिन्न कारण देखाउदै गाँउपालिकाको संम्र्पक कार्यालय भन्दै सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर कार्यालय संञ्चालन गरिरहेको छ ।भोटखोलामा अहिले सम्म विधुत्, सञ्चार, इन्टरनेट र सडक पुग्न नसकेकाले कार्यालय सदरमुकाम खाँदबारी राख्नु परेको कार्यालयको जनाएको छ । गाउँगाउँमा सिंहदरबार भनिएपनि दुर्गमका जनताले अझै सदरमुकाममै धाउनु पर्ने बाध्यता अहिले पनि छ । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia