khopइनरुवा १२ पुष/
सुनसरीको मधेशा गाविस जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस घोषणा भएको छ ।
आज एक औपचारिक कार्यक्रमकावीच मधेशा गाविसलाई पूर्ण खोप युक्त गाविस घोषित गरिएको हो ।
१४ सय ६२ घरधुरी रहेको मधेशा गाविसको कुल जनसंख्या ८१ सय ६६ रहेको छ । एक वर्ष मुनिका बालबालिकोको संख्या १ सय १८ रहेको उक्त गाविसमा १२ महिना देखी २३ महिना भित्रका १ सय ६ बालबालिका रहेका छन् ।
सत प्रतिशत खोप कभरेजका आधारमा मधेशालाई जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस घोषणा गरिएको हो ।
स्थानीय स्वास्थ्य व्यवस्थापन समिति, सरोकारवाला निकायका पदाधिकारी सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको उपस्थितीकावीच मधेशा गाविसमा लामो समय यता स्वास्थ्य विमा लगायतका कार्यक्रम संचालन गरी तोकिएको अवधी पुरा गरेको करुणा फाउण्डेसन नेपाललाई विदाई समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia