- दिपेन्द्र यादव

इनरुवा। सुनसरी सहित तराई मधेश क्षेत्रमा भाद्र महिनाको शुक्लपक्ष चतुर्थी तिथीमा मनाइने गणेश चतुर्थी अर्थात चन्द्र दर्शन–चौँरचनका लागी चाहिने माटाका भाडाकुडाको बिक्री बजारमा ह्वातै बढेको छ। अरु समयमा कम बिक्री हुने माटाका भाडाकुडाका सामग्री चाडबाड नजिकिदै जादाँ बजारमा काच्चो माटोबाट बनाइएको भाडाकुडाको माग बढेको छ । चौरचनमा चाहिने माटाका भाडा कलश, दियो, लदियाँ, गाग्रो, छ्याँची, लावन, दीप, दही जमाउने भाँडा र ढकना सहितको बिक्री बजारमा बढेको कुम्हार समुदायका अगुवा ज्ञानदेव पण्डितले जानकारी दिए ।

मैथिल परम्परा अनुसार चौरचन पर्वमा नयाँ माटाका भाँडा प्रयोग गरिने भएकाले यतिबेला बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको कुम्हार समुदायका अगुवा पण्डितले जानकारी दिए । वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यतीबेला मिथिला परम्परामा अनिवार्य भएकोले माटाका भाडाँँको बिक्री बढेको हो ।

मुख्य व्यापारिक केन्द्र इनरुवाको सोमबारे हाट, बिहीबारे हाट, भुटाहाको भुटाहाबजार, हरिनगरको हरिनगरा बजार, देवानगञ्ज हटिया, कप्तानगञ्ज हटिया, नरसिंहको चिरौली चौक, लौकही हटिया लगायत अन्य हटियामा पनि दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएको छ। वैदिक, धार्मिक र सांस्कृतिक पर्व र उत्सवमा आवश्यक पर्ने भाँडा माटोकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ। मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia