इनरुवा। सुनसरीको ६ स्थानीय तहमा १५ श्ययाको अस्पताल बन्ने निश्चित भएको छ। नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उदघोष अनुसार मुलुकमा पाँच वर्ष भित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल स्थाप्ना गर्ने उदेश्य रहेको छ । जिल्लाको तिन प्राथमिक स्वास्थय केन्द्र सहित एक स्वास्थय चौकीलाई स्तरोन्नती गरीएको स्वास्थय तथा जनसंख्या मन्त्रालय राज्य मान्त्रालयका स्वकीय सचिव मनोज यादवले जानकारी दिएका हुन्। देशभरमा रहेको प्राथमिक स्वास्थय केन्द्र र स्वास्थय चौकीहरु मध्ये हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनसरीको चार स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने भएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित भोक्राहा नरसिंह वार्ड २ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरिएको छ। त्यसैगरी जिल्लाको इटहरी उपमहानगरपालिकाको इटहरी प्राथमिक स्वास्थय केन्द्र, बराहक्षेत्र नगरपालिकाको मधुवन स्वास्थय चौकी, रामधुनी नगरपालिकाको बक्लौरी, हरिनगर गाउँपालिको हरिनगरा प्राथमिक स्वास्थय केन्द्र, गढी गाउँपालिकाको सतेरझौरा प्राथमिक स्वास्थय केन्द्र र भोक्राहा नरसिंह गाउँपालिमा रहेका भोक्राहा स्वास्थय चौकी अकाहालाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक तहको अस्पताल स्थापना गर्न लागिएको हो ।यता ग्रामिणबस्तीमा अस्पताल नभएका कारण भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी, हरिनगर, कोशी लगायतका गाउँपालिकाहरुमा रहेका स्वास्थ्यचौकीहरुमा बिरमीहरु चाँप बढ्दै आएका थिए । हाल सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि भोक्राहा नरसिंह गाउँपालिकाको स्थानीयहरुमा खुशीयाली छाएको भोक्राहा नरसिंह गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिएका हुन् ।

“अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साति भएका छन्”, उहाँले भन्नुभयो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थय संयोजक आमल अंसारीले भन्नुभयो “यहाँ बिरामीको चाप बिगतको तुलनामा बढेको छ, भोक्राहा स्वास्थय चौकीमा दैनिक ७०÷८० जना बिरामीले सेवा लिने गरेका छन् हामीले ल्याब तथा प्रसुती सेवा सहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ” भने नरसिंह स्वास्थ्यचौकीबाट दैनिक ५०÷७० जना बिरामीले सेवा लिने गरेका छन् ।स्थानीय तहहरुमा निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia