भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताका आरोपी पदाधिकारीलाई अस्पताल प्रवेशमा निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताउनुभयो । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, १२४ जनाद्वारा रक्तदान
इनरुवा — भोटेकोशी बाढीपीडित बिरामीहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्ने उद्देश्यले इनरुवामा आयोजित बृहत खुला रक...
इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता
इनरुवा – इनरुवा नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.बीच नगरवासीलाई स्वास्थ्य उपचारमा...
दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा
सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको दुहवी नगर आधारभूत अस्पताल आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुहवी नगरपालिका...
इनरुवामा दुई औषधि पसल सिलबन्दी
इनरुवा — इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता ...
सुनसरी प्रहरीले आयोजना गर्यो रक्तदान कार्यक्रम
जिल्ला प्रहरी कार्यालय सुनसरीले ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा आज विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा...
अध्यक्ष राजन मेहताको पहलमा रिक्त डाक्टर पदपूर्ति
इनरुवा । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि खाली रहेका डाक्टर पदहरू पूर्ति भएका छन् । समितिको करार म्याद सकिए...








