काठमान्डाैं / सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने
इनरुवा – इनरुवा नगरपालिकाले मासु पसल सञ्चालकहरूलाई इजाजत लिन आग्रह गरेको छ। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने ...
सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनर...
इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...








