इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा लामो समयदेखी प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेकाले आर्थिक कारोबार सहित प्रमुख काम प्रभावित हुदै आएकोमा बुधबारबाट कारोबार सुरु भएको छ । प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको इनरुवा नगरपालिकाले समस्याको निकासका लागि नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिई पत्र पठाएपछि कारोबार सुरु भएको हो । चैतमा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकाल साउन र भदौमा आर्थिक कारोेबार खाता सञ्चालन नहुदै सरुवा लिएर जानुभएकाले नगरपालिकाको काम प्रभावित बनेको थियो । बिहिन बनेको अधिकृतलाई पूर्णता दिन इनरुवा नगरपालिकाको शिक्षा शाखा प्रमुख निरौलालाई निम्ति अधिकृतको रुपमा कामकाज गर्ने अनुमती दिएकाले कारोबार सुरु हुने भएको हो । लामो समय अघिसम्म प्रमुख प्रशासकीय अधिकृतको अभावमा इनरुवा नगरपालिकाको आर्थिक कारोबार, प्रशासनीक कारोबार सहित महत्वपूर्ण कामकाज रोकिईरहदाँ सर्वसाधारण मर्कामा परेका थिए । बुधबारदेखी इनरुवा नगरपालिकाको निम्ति प्रशासकीय अधिकृतको जिम्मेवारी निरौलाले सम्हालेसगैं कारोबार सुरु भएको सूचना अधिकारी निराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia